Company Registration No.: 66982/066/067
Tourism Industry Licence No.: 22461070

for offline enquiries and booking::

Call: +977-1-4468401,+977-1-4490125 +977-1-9851151696

            Mail: gltraveltour@gmail.com

पोखरा भ्रमण २ रात ३ दिनको

पोखरा भ्रमण
जी.एल ट्राभल्स एण्ड टूर्स प्रा.लि को आयोजनामा

काठमाण्डौको चाबाहिल स्थित G.L. Travel & Tour (P) Ltd. ले बिभिन्न सेवा सुबिधाहरु संगै मनोरञ्जन पनि दिदै आइरहेको छ । व्यवस्थित रुपमा सञ्चालन गर्दै आइरहेको ले यस वर्ष आमा बुवाहरुको लागि विशेष २ रात ३ दिनको पोखरा भ्रमण योजना ल्याएको छ । यस योजना अन्तरगत सर्बाधिक विदेशी,नेपालीहरुले रुचाएको सुन्दर नगरी पोखरा रहेको छ ।

कार्यक्रमका झलकहरु 
१.जम्मा २ रात ३ दिनको हुनेछ ।
२.फेवातालको बिचमा रहेको बाराही मन्दिर को दर्शन ।
३. अन्तराष्ट्रिय पर्वतीय संग्राहलयको भ्रमन गर्ने ।
४.सारङ्गकोट बाट हिमालको दृश्यावलोकन ।
५.पोखरा टुर को सम्पूर्ण व्यवस्थापन टुर लिडरले गर्नेछ ।

pokharapic3

पहिलो दिन ः काठमाण्डौ बाट पोखरा जाने बाटोमा सम्पुर्ण विषयहरुको बारेमा टुर लिडरले ब्यवस्थापन तथा जानकारी गर्नेछ । पोखरा पुगेर बेलुकीको खाना ःMenu Choice मा हुनेछ ।

pokharapic2
दोस्रो दिन ः विहान बाराही मन्दिरको दर्शन गर्ने र फेवाताल घुमेर फर्के पछि खाजा खाएर विश्वशान्ति स्तुपा, डेबिस फल र तिब्बती नागरिकहरुले संचालन गरेको गलैचा कारखानामा त्यहाको बसाइ लवाइ खुवाइ को अवलोकन पछि दिउसोको खाना खाइने छ । त्यसपछि अन्तराष्ट्रिय पर्वतीय संग्राहलय जहा विभिन्न जात जाती, पशुपन्छी, हिमाल, समेटिएको दृश्य अवलोकन पछि आजको भ्रमन सकिने छ । बेलुकीको खाना सांस्कृतिक कार्यक्रम सहित रेष्टुरेण्टमा(नेपालीथाली)हुने ।

pokharapic1

तेस्रो दिन ः विहान उठ्ने वित्तिकै पोखराको प्रख्यात ठाउ सारङ्गकोट लगिने छ । यो ठाउबाट पोखरा क्षेत्रको सबै हिमालहरुको नजिक बाट अवलोकन गर्न पाइने छ । त्यसपछि चिया खाजा खाएर महेन्द्र गुफा, सेती नदीको गल्छीको दृश्य अवलोकन गर्दै पुर्ब पश्चिम राजमार्ग हुदै काठमाण्डौ फर्किने छौ । यसरी २ रात ३ दिनको भ्रमन अन्त्य हनेछ ।

सम्पर्कः
म्यानेजरः निला राई, ९८५११५१६९६
टुर लिडर: राज कुमार राई, ९८४१९८६५८८
अफिसः ४४९०१२५,४४६८४०१

धन्यवाद ।